तयार छ ‘सनम तेरी कसम २’ को कहानी, मावरालाई पठाइएको थियो फिल्मको स्क्रिप्ट ?

नयाँ दिल्ली । ९ वर्षपछि हर्षवर्धन राणे र मावरा होकेनको फिल्म ‘सनम तेरी कसम’ को रिलिज गरियो । भ्यालेन्टाइन डे आसपास रिलिज गरिएको फिल्मले बक्स अफिसमा धूम मच्चाइरहेको छ । फिल्म सबैभन्दा पहिले २०१६ मा रिलिज भएको थियो ।
त्यतिबेला नराम्ररी फ्लप भएपनि दोस्रो इनिङमा फिल्मले इतिहास रचेको छ । फिल्मको सफलता देखेर फिल्म निर्माताहरूले अर्को भ्यालेन्टाइन डे मा यसको सिक्वेल रिलिज गर्ने घोषणा गरेका छन् ।
हर्षवर्धनलाई आधिकारिक रूपमा यो फिल्मको लागि तयार मानिएको थियो । मावरा सिक्वेलमा हुने नहुने सस्पेन्स थियो । यसैबिच मावराले फिल्मका निर्माताहरूले फिल्मको सिक्वेलको लागि आफूलाई सम्पर्क गरेको बताएकी छिन् ।
सनम तेरी कसमको सिक्वेलको बारेमा कुरा गर्दै उनले भनिन्– ‘यस फिल्मको दोस्रो भागको लागि फिल्म निर्माताहरूले मलाई सम्पर्क गरेका छन् । तर, मैले अहिलेसम्म स्क्रिप्ट पढेको छैन । यसलाई इनबक्समै राखिएको छ ।’
अभिनेत्रीले यो फिल्मको दोस्रो भागमा काम गर्ने वा नगर्ने भन्ने कुरा स्पष्ट पारिनन् । तर उनले फिल्मको सफलताको लागि प्रार्थना गरेकी छिन् । अभिनेत्रीले अर्को एउटा अन्तरवार्तामा चाहिँ ‘सनम तेरी कसम २’ को लागि उत्साह व्यक्त गरेकी थिइन् ।
‘यदि फिल्ममा मेरो ठाउँमा अरू कोही आउँछ भने म उसलाई पूर्ण समर्थन गर्नेछु’ उनले भनेकी थिइन् ।
सिक्वेलको हिस्सा बन्न चाहन्छिन् मावरा
फिल्मको सफलताको श्रेय फिल्म निर्माताहरू, विशेषगरी दीपक मुकुटलाई जाने मावराले भनिन् । ‘म प्रार्थना गर्छु कि फिल्मको सिक्वेल अझ सफल होस् । म यो फिल्मको हिस्सा बन्न पाउँदा खुसी हुनेछु, यदि म त्यहाँ नभए पनि केही फरक पर्दैन’ उनले भनेकी थिइन् ।
एउटा अन्तरवार्तामा फिल्म निर्माता राधिका राव र विनय सप्रुले ‘सनम तेरी कसम’ को कथा दुई भागका लागि लेखिएको बताएका थिए ।
यही कारणले गर्दा फिल्मको पहिलो भाग समाप्त हुँदा अन्त्यको दृश्यलाई धेरै भावुक राखिएको थियो । इन्दर रूखपट्टी बढ्दै जाँदा सरूको आवाज गुन्जिन्छ । अर्को भागमा अब के होला भन्ने सस्पेन्स कायम रहोस् भनेर यो जानी जानी गरिएको उनले बताए ।
‘सनम तेरी कसम’ को दोस्रो भागको कथा तयार रहेको र लगभग सबै गीतहरू पनि पूरा भइसकेका उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनविरुद्ध ट्रम्पको अर्को कदम : सैन्य सहायतापछि खुफिया जानकारी दिन रोक
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि