राजनीति
प्रचण्डले विपक्षी दलको बैठक बोलाएपछि माओवादीको पदाधिकारी बैठक प्रभावित
बुधबार, २१ फागुन २०८१, ११ : ४९

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) को पदाधिकारी बैठक एजेण्डामा प्रवेश नै गरी सकिएको छ । दिउँसो १ बजे बस्ने संसद बैठकअघि विपक्षी दलहरूको बैठक बोलाएकोले कुनै एजेण्डामा छलफल नभएको सचिव गणेश साहले जानकारी दिए ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव तहको बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने साहले रातोपाटीलाई बताए । ‘कुनै एजेण्डामा प्रवेश भएन । अध्यक्षले विपक्षी दलहरूको बैठक बोलाएका कारण एजेण्डामा हुन सकेन । दिउँसो अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव तहको बैठक बस्नेछ’, उनले भने ।
पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको समीक्षा, समसामयिक राजनीतिक, सुदूरपश्चिम माओवादी संसदीय दलको विवाद लगायत विषयमा छलफल गर्न बैठक बोलाएको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश