युक्रेनलाई दिँदै आएको सहायता रोक्नुलाई फ्रान्सेली प्रधानमन्त्रीले भने ‘असहनीय’

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको भन्दै फ्रान्सका प्रधानमन्त्रीले अमेरिकालाई गाली गरेका छन् । अमेरिकाले युक्रेनलाई गरिरहेको सहयोग रोक्नुलाई फ्रान्कोइस बायरोले असहनीय बताएका छन् ।
युक्रेनलाई जसरी असहाय छोडिएको छ त्यो एक तरिकाले रूसको लागि सम्भावित विजय भएको उनको भनाइ थियो । मंगलबार फ्रान्सेली सिनेटरहरूलाई सम्बोधन गर्दै उनले ट्रम्पको कडा आलोचना गरेका थिए । सहायता रोकेर उनले कसलाई मूर्ख बनाइरहेका छन् भनेर पनि उनले सोधेका थिए ।
युद्धमा दिइरहेको सहायता रोक्नु भनेको आक्रमणकारी देशलाई बचाउनु भएको र यस लडाइँमा आक्रमणकारी देशले नै जित्ने उनले बताए । ‘यो अवश्य पनि असहनीय छ ।’ उनले भनेका छन् । रोचक कुरा के छ भने बायरुले निरन्तर ट्रम्पलाई निशाना बनाइरहेका छन् ।
उनले युक्रेनमाथि युद्ध तुरुन्तै रोक्न गरिएको दबाबको पनि आलोचना गरेका थिए । युक्रेन आफ्नो अस्तित्वको लागि लडिरहेको र त्यसमाथि यस्तो दबाब दिनु गलत भएको उनको तर्क थियो । ‘यदि रूसले आक्रमण रोक्यो भने लडाइँ समाप्त हुनेछ, तर युक्रेनले नै लडाइँ रोक्यो भने यसको अर्थ युक्रेनको अन्त्य हुनेछ ।’ उनले भनेका थिए ।
यसअघि सोमबार पनि बायरुले अमेरिकालाई निशाना बनाएका थिए । हालै ओभल अफिसमा ट्रम्पले जेलेन्स्कीको अपमान गरेको पनि उनले भने । अमेरिकाले सोमबार युक्रेनलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेको थियो । तर, सोमबार राति राष्ट्रलाई सम्बोधन गर्ने क्रममा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सहायता रोक्ने कुनै आधिकारिक सूचना नपाएको बताए ।
शान्ति ल्याउन ट्रम्पसँग मिलेर काम गर्ने भनेर पनि उनले भनेका थिए । यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनी राष्ट्रपतिसँग फोनमा कुरा गर्दै सम्भव भएको सबै सहयोगको आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला