राजनीति
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
बुधबार, २१ फागुन २०८१, ११ : ३०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूको बैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा भाग लिनका लागि अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अहिले संसद् भवन नयाँ बानेश्वर जाँदैछन् । विपक्षमा माओवादी, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, आजपा रहेका छन् ।
सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको बैठक बस्न लागेको हो । यसअघि बसेको विपक्षी दलको बैठकले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलको कृषि उपजका सटर टेन्डर तत्काल खोल्न व्यवसायीको माग
-
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स