नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका माओवादीहरुले जनयुद्ध बेचेर खाइसकेको टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र माओवादीले रुकुम, रोल्पाबाट हुँकार गरेर, सिंहदरबार कब्जा गरेर, नारायणहिटी कब्जा गरेर, नेपाली सेनालाई पराजित गरेर नआएको बताए ।
उनले मुलुकमा जनताको बहुदलीय जनवादकै बाटोबाट क्रान्ति सम्पन्न भएको बताए । गुरुङले २०६५ साल जेठ १५ गते ६०१ जना सांसदमध्ये ५९६ जना प्रतिनिधिले भोट गरेर राजतन्त्र फालिएको बताए ।
शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्पन्न भएको कुराले माओवादीको जनयुद्ध गलत थियो भन्नेकुराको पुष्टि भएको जिकिर गरे । उनले माओवादी हिंसा भन्ने शब्दबाट डराएर किन भागिरहेको छ ? भन्दै प्रश्न गरे ।
जुन कम्युनिष्ट पार्टीको हातमा हतियार हुँदैन त्यो कम्युनिष्ट पार्टी हुँदैन भन्ने माओवादी अहिले कम्युनिष्ट पार्टी हो की होइन ? भन्दै प्रश्न गरे । मओवादी केन्द्र नाम राखेको भएपनि माओवाद सही हो भनेर भन्न नसकेको बताए ।
मन्त्री गुरुङले माओवादीको औचित्य अहिलेको विश्वमा समाप्त भएको बताए । माओवादीले जनयुद्धका नाममा गरेको हत्या, हिंसा राजनीतिक मुद्दा नभएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकका तीनवटै लेन कब्जा गर्न खोजेपछि शिक्षक र प्रहरीबिच विवाद
-
बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री
-
नयाँ वर्षमा द क्लिफमा गायिका रचनाको प्रस्तुति
-
फ्रान्सले जुनमा प्यालेष्टाइनलाई राज्यको मान्यता दिन सक्ने
-
राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग
-
नेपाल र नेपालीको स्वतन्त्रता र संवैधानिक व्यवस्थाप्रति सुरक्षा निकाय प्रतिबद्ध छ : राष्ट्रपति