बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

अमेरिकाले भारत र चीनविरुद्ध लगायो पारस्परिक महसुल, अप्रिल २ देखि लागू हुने

बुधबार, २१ फागुन २०८१, १० : ५१
बुधबार, २१ फागुन २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसलाई सम्बोधन गर्ने क्रममा भारत, चीन, दक्षिण कोरियालगायत धेरै देशहरूलाई अमेरिकी वस्तु आयातमा उच्च शुल्क लगाउने देशहरूको सूचीमा राखेको छ । जुन देशले आफूमाथि जति कर लगायो आफूले पनि सो देशमाथि उत्ति नै कर लगाउने ट्रम्पले भनेका छन् । ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने बताएका छन् । यी करहरू अमेरिकालाई फेरि धनी र महान् बनाउनको लागि भएकोमा उनले जोड दिएका थिए । 

‘अन्य देशहरूले दशकौँदेखि हामी विरुद्ध भन्सार प्रयोग गर्दै आएका छन् । अब ती अन्य देशहरूविरुद्ध उनीहरूले अपनाएको हतियार प्रयोग गर्ने पालो हाम्रो हो । औसतमा ईयू, चीन, ब्राजिल, भारत..... र अनगिन्ती अन्य देशहरूले हामीसँग निकै धेरै उच्च शुल्क असुलिरहेका छन् । उनीहरूको तुलनामा हामीले कम शुल्क लिन्थ्यौँ । 

यो धेरै अन्यायपूर्ण छ । भारतले हामीसँग १०० प्रतिशत अटो ट्यारिफ लिन्छ, चीनले हामीसँग दोब्बर ट्यारिफ लिन्छ, दक्षिण कोरियाले चौब्बर ट्यारिफ लिन्छ । यो प्रणाली अमेरिकाको लागि निष्पक्ष छैन, यो कहिल्यै थिएन ।’ अमेरिकी राष्ट्रपतिले भनेका छन् । 

ट्रम्पले अप्रिल २ देखि पारस्परिक कर लागू हुने घोषणा गरेका छन् । यसमा जुन देशले अमेरिकी सामानमा जति कर लगाएको छ, त्यो देशमाथि पनि त्यति नै कर लगाइने उनले बताए । कसैले आफूहरूलाई उनीहरूको बजारबाट बाहिर राख्न गैर–मौद्रिक शुल्क लगाउँछ भने आफूहरूले पनि ती देशलाई अमेरिकी बजारबाट बाहिर राख्न गैर–मौद्रिक अवरोधहरू लगाउने उनले बताए । 

भन्सार शुल्कले ठुलो राजस्व उत्पन्न गर्नेछ, रोजगारी सिर्जना गर्नेछ

‘धेरै दशकदेखि अमेरिकालाई लगभग सबै देशहरूले लुटिरहेका छन् । अब हामी यो हुन दिने छैनौँ । भन्सारबाट ठुलो राजस्व उठ्नेछ । यसले अभूतपूर्व रोजगारी सिर्जना गर्नेछ ।’ ट्रम्पले भने । 

उनले अप्रिल २ देखि अमेरिका आउने विदेशी कृषि उत्पादनहरूमा नयाँ शुल्क लगाइने उनले बताए । आफ्नो  प्रशासनले नयाँ व्यापार नीति ल्याउने अनि यो अमेरिकी किसानका लागि उत्कृष्ट हुने पनि उनले भने । विदेशी आल्मुनियम, तामा, काठ र स्टीलमा २५ प्रतिशत भन्सार लगाइएको उनले भने । यो केवल अमेरिकी जागिर रक्षा गर्ने बारेमा मात्र नभएर हाम्रो देशको आत्माको रक्षा गर्ने बारे भएको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप