चीनले फेरि पनि बढायो रक्षा बजेट

बेइजिङ । चीनले लगातार आफ्नो सैन्य शक्ति बढाइरहेको छ । एक पटक फेरि चीनले आफ्नो रक्षा बजेट बढाउने घोषणा गरेको छ । बुधबार चीनले नयाँ रक्षा खर्चको घोषणा गरेको छ । रक्षा क्षेत्रमा २ खर्ब ४९ अर्ब डलर बजेट विनियोजन गरिएको छ । यो गत वर्षको बजेटभन्दा ७ दशमलव २ प्रतिशत बढी हो ।
चिनियाँ प्रधानमन्त्री ली केकियाङलाई प्रस्तुत गरिएको मस्यौदा बजेटमा यस वर्षको चीनको रक्षा बजेट १७ खर्ब युआन (करिब २ खर्ब ४९ अर्ब डलर) मा पुर्याएको छ । गएको वर्ष पनि चीनले आफ्नो रक्षा बजेट ७ दशमलव २ प्रतिशतले बढाएको थियो । गत वर्ष उसको रक्षा बजेट १६ खर्ब ७० अर्ब युआन (२ खर्ब ३२ अर्ब डलर) थियो ।
आफ्नो सेनालाई चीनले व्यापक आधुनिकीकरण गर्दै छ । यसअन्तर्गत, नयाँ सैन्य विमान बनाउने, तीव्र गतिमा नौसेना जहाज बनाउने काम भइरहेको छ । स्टिल्थ प्रविधिमा आधारित लडाकु विमानहरूको विकास गर्ने काम भइरहेको छ । चीनले अमेरिकालाई हरेक मोर्चामा चुनौती दिने तयारी गरिरहेको छ ।
यसै अन्तर्गत उसले आफ्नो सेनालाई बलियो बनाइरहेको छ । अहिले चीनको रक्षा बजेट अमेरिकाको तुलनामा धेरै कम छ । तर चीनले आफ्नो सैन्य खर्च जुन गतिमा बढाइरहेको छ त्यसलाई हेर्दा चाँडै रक्षा खर्चमा चीन अमेरिकाको बराबरी आउने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन
-
रेशम पक्राउपछि महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले भन्यो - सर्वसत्तावादी हैकमवादको खुलेर विरोध गरौँ
-
विदेश पठाइदिन नसकेपछि पैसा लिने एजेन्टको अपहरण, नाबालकसहित चार जना पक्राउ
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?