बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लहानमा बजाज ग्राण्ड एक्सचेन्ज मेला

बुधबार, २१ फागुन २०८१, १० : २७
बुधबार, २१ फागुन २०८१

सिरहा । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठुलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरिरहेको छ । यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको हो । 

यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् । बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त रु.१०,०००/– भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै, अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । नयाँ जीवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाइनको साथ सञ्चालन भइरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले रु.७०००/–  सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, ०% सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप