अलग हुँदै सबैभन्दा लामो चुम्बनको विश्व कीर्तिमान बनाएको जोडी

बैंकक । सन् २०१३ मा कीर्तिमानी चुम्बनले विश्वव्यापी ध्यान खिचेका थाई जोडी एक्काचाई र लक्साना तिरनारतले सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। यो जोडीले एक पटक ५८ घण्टा ३५ मिनेट लामो चुम्बन गरेर मानिसहरूलाई चकित पारेका थिए।
यो जोडीले आफ्नो सम्बन्ध विच्छेदको घोषणा गर्दा उनीहरूका धेरै प्रशंसकहरू निराश भएका छन्। यद्यपि, उनीहरूले आफ्नो सम्बन्ध विच्छेदको कारण खुलाएका छैनन्।
‘हामी यो धेरै भारी मनले यो कुरा साझा गरिरहेका छौँ,’ एक्काचाईले पोडकास्टमा भने, ‘हाम्रो यात्रा धेरै सम्झनाहरूले भरिएका छन्, तर अब अलग दिशामा अघि बढ्ने समय आएको छ।’ अलग भए पनि उनीहरूले आफ्ना छोराछोरीलाई सँगै हुर्काउने निर्णय गरेका छन्।
यो जोडीले सबैभन्दा लामो चुम्बन गरेर १ लाख थाई भाट पुरस्कार पनि जितेका थिए साथै दुई हीराको औँठी पनि पाएका थिए। उनीहरूको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि दर्ता भएको छ।
Longest kiss? Ekkachai & Laksana Tiranarat (Thailand) kissed for 58 hrs 35 mins and 58 secs, #ValentinesDay 2013 pic.twitter.com/YNWh14pBZh
— Guinness World Records (@GWR) February 14, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?