बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

हङकङका अर्बपतिले पानामा नहरको बन्दरगाह अमेरिकी कम्पनीलाई बिक्री गर्ने

बुधबार, २१ फागुन २०८१, १० : ०१
बुधबार, २१ फागुन २०८१

हङकङ । हङकङको एक कम्पनीले पानामा नहरमा रहेको दुई बन्दरगारको अधिकांश सेयर अमेरिकी लगानी कम्पनी ब्ल्याकरकले नेतृत्व गरेको एक समूहलाई बिक्री गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नहर चिनियाँ नियन्त्रणमा रहेको र अब यसको नियन्त्रण अमेरिकाले लिनुपर्ने गुनासो गरेको केही हप्तापछि यो निर्णय लिइएको हो ।


सीके हचिसन होल्डिङले नहरलाई सञ्चालन गर्दै आइरहेकोमा मंगलबार कम्पनीले २२.८ अर्ब डलरमा आफ्नो सेयर बेच्ने बताएको थियो । सीके हचिन्सन हङकङका अर्बपति ली का–सिङले स्थापना गरेका हुन् । यसमा चिनियाँ सरकारको स्वामित्व छैन । 

यद्यपि, यो हङकङबाट सञ्चालन हुने हुँदा यसले चिनियाँ आर्थिक कानुनहरू पालना गर्नुपर्छ । कम्पनीले सन् १९९७ देखि नहर सञ्चालन गर्दै आइरहेको छ ।

यो आर्थिक सम्झौतामा २३ देशका ४३ वटा बन्दरगाह समावेश रहेको छ । यो सम्झौता गर्न पानामाको सरकारको सहमति पनि आवश्यक पर्नेछ ।

८२ किलोमिटर लामो पानामा नहर आन्ध्र महासगर र प्रशान्त महासागरलाई जोड्ने मुख्य विन्दु हो । यसबाट वार्षिक १४ हजार जहाज यात्रा गर्छन् । यसलाई सन् १९०० ताका निर्माण गरिएको थियो ।

अमेरिकाले सन् १९७७ सम्म यसमा नियन्त्रण राख्दथ्यो । तर, सन्धि अनुसार यसलाई पानामालाई हस्तान्तरण गरिएको थियो । पानामाले सन् १९९९ मा एकल रूपमा यसको स्वामित्व पाएको थियो ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप