सुखानी हत्याकाण्ड अत्यन्त पाशविक थियो : पूर्वप्रधानमन्त्री खनाल
_Oio1YkMkgl.jpg)
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका छन् । झापा विद्रोहका क्रममा सुशानीमा ज्यान गुमाएका शहीदहरूप्रति उनले श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।
रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई राजतन्त्र र पञ्चायती जल्लादहरूले सुखानीको जंगल हुँदै इलामको सीमानामा लगेर अत्यन्त हिंस्रक ढङ्गले, बर्बरतापूर्वक र विवेकहिन ढङ्गले हत्या गरेको उनले स्मरण गरे ।
'आज कै दिन सुखानीको जंगलमा पञ्चायती जल्लादहरुले हाम्रा प्रिय नेताहरूको दर्दनाक ढङ्गले हत्याकाण्ड रचेको थियो । राजतन्त्रको ठाडो आदेशमा पञ्चायती जल्लादहरुले गरेको त्यो अत्यन्त पाशविक हत्या थियो । त्यो एउटा अमानवीय, एउटा क्रुर र एउटा विवेकहिन हत्या थियो । राजतन्त्र र पञ्चायती शासकहरूले ती वीर नेता र योद्धाहरूलाई जेलमा राख्ने मात्र पनि आँट गरेनन् । वहाँहरूको बाँच्न पाउने मानव अधिकारलाई पनि वास्ता गरेनन् । त्यति मात्र होइन राजतन्त्रले देशका अनेकौँ ठाउँमा अरू सयौँ र हजारौँ योद्धाहरूको हत्या गरे', खनालले विज्ञप्तिमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शर्मिला बर्देवाको लोक कोसेली 'कश्मीरे गम्छा' सार्वजनिक
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?