खैरो हेरोइन किनबेच गरेको आरोपमा कलंकीबाट ४ जना पक्राउ
बुधबार, २१ फागुन २०८१, ०७ : ५९

काठमाडौँ । खैरो हेरोइन किनबेच गरेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौँको कलंकीबाट ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङ घर भएका २२ वर्ष र २७ वर्षका युवा, नुवाकोट घर भएका २७ वर्षीय युवक र काठमाडौँ घर भएका ३७ वर्षका पुरुष छन् । उनीहरू सवार बा १५ च १७७३ नम्बरको क्रेटा गाडी र ८४५९ नम्बरको मोटरसाइकल पनि सशस्त्रले बरामद गरेको छ ।
दुईजना आरोपी क्रेटा गाडीमा र दुईजना मोटरसाइकलमा सवार थिए । सशस्त्र प्रहरीको इन्टेलीजेन्स ब्युरोले पक्राउ गरेर उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने