संवैधानिक नियुक्तिविरुद्धको सुनुवाइ आज

काठमाडौँ । बुधबार अध्यादेशमार्फत संवैधानिक आयोगहरूमा गरिएको पदाधिकारी नियुक्तिविरुद्ध चार वर्षअघि परेका रिटके सुनुवाइ हुँदै छ । गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा ती रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
सो दिन अधिवक्ता ओमप्रकाश अर्यालले बहस गरेका थिए । त्यसपछि वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस सुरु गरेकोमा बहस गर्दागर्दै समय सकिएपछि अर्को पेसी फागुन २१ गतेका लागि तोकिएको थियो ।
ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो ।
अध्यादेशमार्फत गरेका ती नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा, सुलभ खरेल, अमृत खरेल, निशान्तबाबु खड्का, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १५ वटा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले
-
दोहोरो लिगमा १८ खेल नभई किन १४ खेलमात्र खेल्छन् सहभागी १० टोलीले ?
-
निर्माण व्यवसायी विदुर शर्माविरुद्धको बलात्कारको जाहेरी तामेलीमा
-
जनयुद्धमा उठाएको ४० बुँदे माग प्रचण्ड तीन पटक प्रधानमन्त्री हुँदासमेत किन कार्यान्वयन भएन ?
-
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
-
गृहले फेर्यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी