आइफोनमा डिलिट भएका टेक्स्ट म्यासेज यसरी गर्नुस् रिस्टोर

काठमाडौँ । फोनमा हाम्रो दैनिक जीवनका कयौँ कुरा हुन्छन् । तर कहिलेकाँही झुक्किएर वा त्रुटिवश म्यासेज डिलिट गर्छौ । यस्तो भइहाल्यो भने के गर्ने ?
सूचना होस् वा व्यक्तिगत चिज अत्यावश्यक नै रहेछ भने त के गरौँ अनि के नगरौँ भन्ने अत्यास हुन्छ । तर एप्पलका उत्पादनहरूमा प्रयोगकर्ताका लागि भने हालसालै डिलिट भएका म्यासेज रिकभर गर्ने बिल्ट इन उपाय छन् ।
आइफोन वा आइप्याडमा म्यासेज फिल्टर इनेबल
आइफोन वा आइप्याडमा म्यासेज वा कुराकानी डिलिट भयो ? तल दिइएका निर्देशन तपाईँको उपकरणमा म्यासेज फिल्टर अन छ कि छैन भन्नेमा भर पर्छ । म्यासेज फिल्टरिङले म्यासेजलाई प्रेषक, अज्ञात प्रेषक र नपढिएका म्यासेज भनेर छुट्टा छुट्टै सूचिमा वर्गीकृत गर्छ । तर तपाईँहरू मध्ये केहीले आफ्नो उपकरणमा यो फिचर अन नगरेको पनि हुन सक्छ । म्यासेज फिल्टर अन गर्न यी कदम चाल्नुहोस्
– आइफोन वा आइप्याडको सेटिङमा जानुहोस् ।
–तलतिर स्क्रोल गरेर एप्सलाई ट्याप गर्नुहोस् ।
–म्यासेजमा ट्याप गर्नुहोस् ।
–म्यासेज फिल्टरिङ सेक्सनमा जानुहोस् अनि फिल्टर अननोन सेन्डर्स स्वीच अन गर्नुहोस् ।
एक पटक यो फिचर इनेबल भएपछि यसले स्वतः म्यासेजहरूलाई विविध श्रेणीमा वर्गीकृत गरेर राख्नेछ । यसो गर्दा इनबक्समा भएका म्यासेज म्यानेज गर्न सजिलो हुन्छ, स्पाम वा नचाहेका टेक्स्ट म्यासेजको भीड कम हुन्छ फिल्टर्स बटनमा गएर फिल्टर भएका म्यासेज हेर्न सकिन्छ । म्यासेज फिल्टर टर्न अन हुँदा म्यासेज मुख्य गरी चार श्रेणीमा देखिन्छ
–अल म्यासेजः यसमा सबै खालका म्यासेज देखाउँछ ।
–नोन सेन्डर्सः यसमा मोबाइलको कन्ट्याक्ट बूकमा सेभ गरिएका नामबाट आएका म्यासेज हुन्छ ।
–अनोन सेन्डर्सः मोबाइलमा सेभ नभएका नम्बरबाट आएका म्यासेज देखाउँछ ।
–अनरिड म्यासेजः मोबाइलमा आएका तर अहिलेसम्म तपाईँले नपढेको म्यासेज यसमा देखिन्छ ।
फिल्टरिङ सिष्टमले म्यासेज अर्गनाइज गर्न मद्दत त गर्छ नै नचिनेका सेन्डरहरूबाट म्यासेज आउँदा नोटिफिकेशन पनि घटाउँछ । यसले स्पाम वा नचाहेको टेक्ष्ट म्यासेजले गर्दा हुने अवरोध पनि कम हुन्छ ।
अब कुरा गरौँ आइफोन र आइप्याडमा डिलिट भएका म्यासेज रिकभर गर्नेबारे । आईओएस १६ वा त्यसपछिको भर्जनमा चल्ने आइफोन वा आईप्याडओएस १६.१ वा त्यसपछिको भर्जनमा चल्ने आइप्याडमा तपाईँले म्यासेज एपबाट डिलिट भएका कुराकानी निम्न तरिकाले रिस्टोर गर्न सक्नु हुन्छ:
म्यासेज फिल्टर अन छैन भने
–आइफोन वा आइप्याडमा म्यासेज एप खोल्नुहोस् ।
–बायाँ कुनामा रहेको एडिटमा थिच्नुहोस् ।
– ड्रप डाउन मेनुमा हालै डिलिट भएका म्यासेज सेलेक्ट गर्नुहोस् ।
–डिलिट भएका सबै म्यासेज चाहिएको छ भने पुछारतिर दायाँपट्टी रहेको रिकभर म्यासेज ट्याप गर्नुहोस् ।
–केही प्रेषकले पठाएको म्यासेज मात्रै चाहिएको छ भने दायाँ पुछारमा रहेको रिकभरमा थिचेर आफूले रिकभर गर्न चाहेको प्रेषकको नाम हालेर रिकभर म्यासेज ट्याप गर्नुहोस् ।
म्यासेज फिल्टर अन छ भने
–आइफोन वा आइप्याडमा म्यासेज एप खोल्नुहोस् ।
– बायाँ कुनामा फिल्टर्समा थिच्नुहोस् ।
– रिसेन्टली डिलिटेड सेलेक्ट गर्नुहोस् ।
–डिलिट भएका सबै म्यासेज चाहिएको छ भने पुछारमा बायाँ पट्टी रहेको रिकभर अलमा थिच्नुहोस् त्यसपछि रिकभर म्यासेज ट्याप गर्नुहोस्
– तपाईं कुनै प्रेषकले पठाएको म्यासेज मात्रै रिकभर गर्न चाहनु हुन्छ भने पुछारमा दायाँ रहेको रिकभरमा चिथेर आफूले रिकभर गर्न चाहेको प्रेषकको नाम कन्फर्म गरी रिकभर म्यासेज ट्याप गर्नुहोस् ।
यसमा गएको ३०–४० दिनमा डिलिट भएका म्यासेज मात्रै रिकभर हुन्छ । आइओएस १६ वा आइप्याड ओएस १६.१ अपडेट गर्नु अघि म्यासेज वा कुराकानी डिलिट भएका छन् भने यिनीहरू रिकभर हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?
-
माओवादी पदाधिकारी बैठकमा राजावादीको सक्रियताबारे समीक्षा
-
निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने तयारी
-
प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने