आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस, हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको उद्देश्य हो । आमविनाशकारी हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तरराष्ट्रिय शान्ति–सुरक्षाका साथै दिगो विकासका लक्ष्य हासिलमा गम्भीर असर पार्ने भएकाले अन्तरराष्ट्रिय समुदायले विश्वशान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेका छन् ।
यो दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखन अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रसङ्घको विश्वास छ । निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसङ्घीय कार्यालय (युएनओडिए)को आह्वानमा मनाइने यो दिवसका अवसरमा महासचिव एन्टोनियो गुटेरेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति भएको लगानी हो भन्दै त्यसबाट विश्व समुदायको भविष्यका लागि पनि लगानी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङका अर्बपतिले पानामा नहरको बन्दरगाह अमेरिकी कम्पनीलाई बिक्री गर्ने
-
लक्ष्यअनुसार धान किन्न खाद्य कम्पनी असफल
-
हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद
-
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो
-
फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर
-
एकदिवसीय शृङ्खला खेल्न नेपाल भ्रमणमा आउँदै अफगानिस्तानको यू–१९ टोली