विराटले उछिने सचिनलाई

दुबई । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको खेलमा भारत ४ विकेटले विजयी बन्यो । भारतको जितमा स्टार खेलाडी विराट कोहली पुनः एकपटक नायक साबित भए ।
कोहलीले ८४ रनको शानदार इनिङ्स खेले । ९८ बलमा उनले ५ चौका प्रहार गरे । योसँगै आईसीसीको एकदिवसीय प्रतियोगिता (विश्वकप र च्याम्पियन्स ट्रफी) मा कोहलीले २४ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । उनले भारतका महान् ब्याटर सचिन तेन्दुल्करको रेकर्ड उछिनेका छन् । सचिनले २३ पटक यो उपलब्धि हात पारेका थिए ।
यसैगरी, च्याम्पियन्स ट्रफीमा पनि कोहलीले ७ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । उनले सौरभ गांगुली, राहुल द्रविड र शिखर धवनको ६ पटकको रेकर्ड उछिनेका छन् ।
कोहलीले च्याम्पियन्स ट्रफीमा आफूले भाग लिएका सबै तीन सेमिफाइनलमा अर्धशतक बनाएका छन् । ती सबै लक्ष्यलाई पछ्याउँदा आएका हुन् । उनले यसअघि सन् २०१३ मा श्रीलंकाविरुद्ध ५८ रन तथा सन् २०१७ मा बंगलादेशविरुद्ध ९६ रन बनाएका थिए ।
कोहली र अस्ट्रेलियाका स्टिभ स्मिथले आईसीसी प्रतियोगिताको नकआउट चरणमा ५ पटक ५० वा सोभन्दा बढी रन बनाएका छन् । यस मामिलामा सचिन तेन्दुल्कर (६ पटक) मात्र उनीहरूभन्दा अघि रहेका छन् ।
स्रोत : ईएसपीएन क्रिकइन्फो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री