सैन्य सहायता रोक्ने खबरले आत्तिए जेलेन्स्की, युद्ध रोक्न र ट्रम्पसँग खनिज सम्झौता गर्न तयार

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बदलिएका छन् । सामाजिक सञ्जालमा विस्तारमा लेख्दै उनले डोनाल्ड ट्रम्पको ‘मजबुद नेतृत्व’मा आफु काम गर्न तयार रहेको बताएका छन् ।
कीवलाई दिने सैन्य सहायता रोक्ने अमेरिकी घोषणापछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै ‘ह्वाइट हाउसमा भएको चर्काचर्की ‘‘अफसोसजनक’’ भनेका छन् । उनले यो सुधार गर्ने समय हो समेत भनेका छन् ।
उनले दोहोर्याउँदै वाशिंटन बैठकमा प्रस्तुत व्यवहारको विफलताले सिकाएको पाठलाई मध्यनजर गर्दै आफु अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको उल्लेख गरेका छन् ।
जेलेन्स्कीले युद्धलाई कसरी रोक्न सकिन्छ भनी एक प्रस्तावको रुपरेखा समेत तयार भएको बताएका छन् । अमेरिका आफ्नो मुलुकलाई दिने सैन्य सहायता रोक्न लागेको र थप समीक्षा गर्न लागेको खबर हात लाग्नासाथ जेलेन्स्कीले नरम व्यवहार देखाउँदै अमेरिकाप्रति आभार समेत व्यक्त गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
उनले युक्रेनको संप्रभुता र स्वतन्त्रता कायम राख्नका लागि अमेरिकाले गरेको सहयोगको सराहना गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार
-
२०८१ सालका यी हुन् उत्कृष्ट ५ फिल्मी गीत, कसको कति भ्युज ?
-
तीनकुनेको घरमा आगजनी गर्ने दुई जना पक्राउ
-
रवि लामिछानेको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी
-
२०८१ चर्चित ५ गीत : ‘म त ढलेँ ढलेँ’ र ‘दुश्मन हेरेको हेर्यै’ ततायो बजार