दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुन मन्त्री यादव गएको शनिबार त्यसतर्फ गएका थिए ।
नयाँदिल्लीमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा मन्त्री यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरे ।
भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्तबनाउने उक्त सम्झौताको लक्ष्य रहेको खानेपानी मन्त्रालयकी सहसचिव एवं अभियन्त्रक (ईन्जिनियर) मीना श्रेष्ठले बताईन् ।
उनका अनुसार सो सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा