१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. घाटामा रेल
चार वर्षअघि ब्रोडगेजमा परिणत भई सञ्चालनमा आएको जयनगर–कुर्था रेल निरन्तर घाटामा छ । सुरुवाती चरणदेखि नै घाटामा आएको उक्त रेल घाटामा गएपछि ऋणमा चलिरहेको छ ।
२. घरजग्गा कारोबार
लामो समयदेखि घर जग्गा कारोबार व्यवस्थित गर्नुपर्ने बहस हुँदै आएको छ । त्यहीअनुसार सरकारले पनि कानुनी व्यवस्था गर्दै आएको छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।
३. विद्याको सन्देश
एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाका बिच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘गुट र फुट’लाई परास्त गरेर कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सांकेतिक दबाब दिएकी छन् ।
४. शिक्षामा बदमासी
ललितपुरको बागडोलमा रहेका एक्मी कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरू अन्यत्र सारिएको छ । लामो समयदेखि पठनपाठन नहुनुका साथै सञ्चालकसमेत सम्पर्कमा नआएपछि विद्यार्थीहरूलाई धापासीमा रहेको काठमाडौँ इन्स्च्यिुट अफ टेक्नोलोजी (कीट) मा व्यवस्थापन गरिएको हो ।
५. माओवादी अभियान
नेकपा माओवादी केन्द्र यतिवेला ‘जनतासँग माओवादी–तराई मधेस जागरण अभियान’ मा छ । फागुन १२ गतेदेखि सुरु भएको अभियान तराई–मधेसको हुलाकी राजमार्ग हुँदै चैत ७ गते कञ्चनपुरमा गएर टुंगिनेछ ।
६. मेलम्चीको पाइप
गलबार बिहान थापाथली चोकबाटभित्र जाने सहायक सडकमा एक्कासि मेलम्ची खानेपानीको पाइप फुट्यो । पाइप फुटेको केही मिनेटमै सडक र निजी आवासहरू जलमग्न बने ।
७. अतिरिक्त सचिव
निजामती सेवामा पहिला प्रयोगमा आएर १० वर्षपछि हटाइएको अतिरिक्त सचिव पद पुनः थप्ने तयारी भएको छ ।
८. बार निर्वाचन
व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । \
९. ललिता निवास जग्गा प्रकरण
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । अख्तियारले मंगलबार ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
१०. विश्व राजनीति
युक्रेनमाथि आक्रमणपछिका तीन वर्षसम्म अमेरिका र उसका सहयोगी देशहरूले रुसलाई बहिष्कार गरे अनि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोपमा रुसमाथि अनेक प्रतिबन्ध लगाइयो ।
११. एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। यो कम्पनीले विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ। कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो।
१२.. एपीएफ क्वार्टरफाइनलमा
विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औँ संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस