बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

मङ्गलबार, २० फागुन २०८१, २२ : ३३
मङ्गलबार, २० फागुन २०८१

विराटनगर ।  विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ९ औँ संस्करणको विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधबार भएको दोस्रो दिन खेलमा भारतको सुदेभा दिल्ली फुटबल क्बललाई टाइबेकरमा ५–३ गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा पुगेको हो । 

निर्धारित समयसम्म गोलरहित खेल बराबारी भएपछि जितको छिनोफानो टाइबेकरबाट भएको हो । टाइबेकरमा एपीएफको तर्फबाट सुमन श्रेष्ठ, दिपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे । 

दिल्लीको तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गरे भने रमेशको  प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृट बचाउ गरेका थिए ।  खेलको पहिलो हाफसम्म दबावमा राखेको एपीएफले दोस्रो हालदेखि आक्रमक खेल पस्कियो । तर, पनि जितको लागि टाइबेर कुर्नुपर्यो ।

खेलको ३० औँ मिनटेमा एपीएफका हरी कार्कीले बललाई मध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट गरेको प्रहार बाहिरयो । त्यसलगत्तै  एपीएफका मनि कुमार लामाले पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । सुमनले निकालेको पासलाई मनिकुमारले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो ।

३७ मिनेटमा एसपीएफका हरीले डि बक्सभित्रबाट गरेको पावरफुल प्रहार फस्टबारबाट बाहिरियो । दोस्रो हाफदेखि दिल्लीले पाएको सुन्दर अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन  बाध्य भयो । खेलको ८५ औँ मिनेटमा दिल्लीका उदितले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिए ।

त्यसलगतै दिल्लीका लुन्कल गरेको वानटच बल एपीएफका गोल रक्षक श्रेष्ठले उत्कृकष्ट बचाउँदा गरिदिदा गोल हुनबाट चुक्यो । प्रतियोगिताको प्लेर अफ द म्याच एपीएफको गोल रक्षक एन्जल श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार पाए । 

बुधबार पहिलो क्वाटरफाइनल खेल त्रिभूवन आर्मी र रिजालको मोरङ ११ बिच प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप