बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष

मङ्गलबार, २० फागुन २०८१, २२ : १६
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज भएको सो भेटमा उनीहरूबिच द्विपक्षीयसम्बन्ध, आपसी हित र सहकार्यलगायत बारेमा विचारविमर्श भएको थियो ।

नेपाल–जापानसम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे । 

नेपालको सङ्घीय संसद्मा नेपाल–जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहले दुई देशबिचको संसदीय सम्बन्ध, अनुभव आदानप्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताए ।

सो अवसरमा राजदूतले मायदाले जापान–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफू निरन्तर लाग्ने बताएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप