सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा

मङ्गलबार, २० फागुन २०८१, २२ : ०७
मङ्गलबार, २० फागुन २०८१

तानसेन । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन  र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ । आज अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए । 

आगो नियन्त्रण नहुँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उनले जानकारी दिए । यहाँ सल्लाको जङ्गल भएकाले आगोले उग्र रूप लिएको छ ।

डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र  जनप्रतिनिधि खटिएका छन् । 

दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप