१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म

आज २०८१ फागुन २० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- घाटामा रेल
चार वर्षअघि ब्रोडगेजमा परिणत भई सञ्चालनमा आएको जयनगर–कुर्था रेल निरन्तर घाटामा छ । सुरुवाती चरणदेखि नै घाटामा आएको उक्त रेल घाटामा गएपछि ऋणमा चलिरहेको छ ।
- घरजग्गा कारोबार
लामो समयदेखि घर जग्गा कारोबार व्यवस्थित गर्नुपर्ने बहस हुँदै आएको छ । त्यहीअनुसार सरकारले पनि कानुनी व्यवस्था गर्दै आएको छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।
- विद्याको सन्देश
एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चाका बिच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘गुट र फुट’लाई परास्त गरेर कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सांकेतिक दबाब दिएकी छन् ।
- शिक्षामा बदमासी
ललितपुरको बागडोलमा रहेका एक्मी कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरू अन्यत्र सारिएको छ । लामो समयदेखि पठनपाठन नहुनुका साथै सञ्चालकसमेत सम्पर्कमा नआएपछि विद्यार्थीहरूलाई धापासीमा रहेको काठमाडौँ इन्स्च्यिुट अफ टेक्नोलोजी (कीट) मा व्यवस्थापन गरिएको हो ।
- माओवादी अभियान
नेकपा माओवादी केन्द्र यतिवेला ‘जनतासँग माओवादी: तराई मधेस जागरण अभियान’ मा छ । फागुन १२ गतेदेखि सुरु भएको अभियान तराई–मधेसको हुलाकी राजमार्ग हुँदै चैत ७ गते कञ्चनपुरमा गएर टुंगिनेछ ।
- मेलम्चीको पाइप
गलबार बिहान थापाथली चोकबाटभित्र जाने सहायक सडकमा एक्कासि मेलम्ची खानेपानीको पाइप फुट्यो । पाइप फुटेको केही मिनेटमै सडक र निजी आवासहरू जलमग्न बने ।
- अतिरिक्त सचिव
निजामती सेवामा पहिला प्रयोगमा आएर १० वर्षपछि हटाइएको अतिरिक्त सचिव पद पुनः थप्ने तयारी भएको छ ।
- बार निर्वाचन
व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ ।
- ललिता निवास जग्गा प्रकरण
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । अख्तियारले मंगलबार ११० जनालाई प्रतिवादी बनाउँदै सर्वोच्चमा पुनरावेदन गरेको हो ।
- विश्व राजनीति
युक्रेनमाथि आक्रमणपछिका तीन वर्षसम्म अमेरिका र उसका सहयोगी देशहरूले रुसलाई बहिष्कार गरे अनि अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको आरोपमा रुसमाथि अनेक प्रतिबन्ध लगाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष