बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

मङ्गलबार, २० फागुन २०८१, २१ : ५७
मङ्गलबार, २० फागुन २०८१

दुबई । अस्ट्रेलियालाई हराउँदै भारत आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भारत ४ विकेटले विजयी बन्यो ।

अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ६५ रनको लक्ष्य भारतले ४८।१ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । भारतको जितमा विराट कोहली नायक बने । उनले ९८ बलमा ८४ रनको शानदार इनिङ्स खेले ।

त्यस्तै, श्रेयर ऐयरले ६२ बलमा ४५ रन जोडे । केएल राहुले ३४ बलमा ४२ रन जोड्दै नटआउट रहे । कप्तान रोहित शर्मा र हार्दिक पाण्ड्याले २८–२८ रन तथा अक्षर पटेलले २७ रन बनाए ।

अस्ट्रेलियाका लागि नाथक एलिस र एडम जाम्पाले २–२ विकेट लिए भने बेन ड्वार्सिस र कुपर कनोलीले १–१ विकेट हात पारे । योसँगै भारतले आईसीसी विश्वकपको फाइनलमा घरेलु मैदानमा बेहोरेको नमिठो हारको बदला लिन सफल भएको छ ।

यसअघि, पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो । टोलीका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन जोडे । उनले ९६ बलमा ४ चौका र १ छकका हिर्काए ।

त्यस्तै, एलेक्स केरीले ५७ बलमा ६१ रनको योगदान दिए । उनले ८ चौका र १ छक्का प्रहार गरे । ओपनर ट्राभिस हेडले ३३ बलमा ३९ रन बनाए । मार्नस लाबुसेनले ३६ बलमा २९ रन बनाए ।

भारतका लागि मोहम्मद शमीले १० ओभर बलिङ गर्दै ४८ रन खर्चेर ३ विकेट लिए । वरुण चर्कवर्ती र रवीन्द्र जडेजाले २–२ विकेट हात पारे । हार्दिक पाण्ड्या र अक्षर पटेलले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप