रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो

बुटवल । रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जित हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मङ्गलवार फर्साटिकारले नेपाल पुलिसलाई २–० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
गोल्डकपमा पहिलो हापको २९ औँ र दोस्रो हापको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकारका गणेश हमालले एक्लै २ गोल प्रहार गरी टिमलाई विजयी बनाउन सफल भए ।
फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । बुधवार एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुरबिच दिउँसो ३ बजे खेल हुने टिम संयोजक श्री दर्लामीले बताए।
प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेमिफाइनलमा पुगेर बाहिरिने दुई टिम नगद ४०–४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् ।
प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष