प्रशिक्षणमा सहभागी कांग्रेस क्षेत्रीय सभापतिहरू भन्छन्– ऊर्जा मिल्यो
_J3PmU9S4IW.jpg)
नेपाली कांग्रेसको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले भैरहवामा सोमबारदेखि सुरु गरेको दुईदिने प्रशिक्षण आज साँझबाट सकिएको छ ।
पहिलो दिन सोमबार पार्टीका दुई महामन्त्री र चार विज्ञले देशभरबाट आएका क्षेत्रीय सभापति, उपसभापति तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखलाई प्रशिक्षण दिएका थिए ।
समूह विभाजन गरी क्षेत्रीय सभापतिहरूले आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षणपछि उनीहरूले पार्टीको १५ औँ महाअधिवेशन र २०८४ को स्थानीय निर्वाचनमा ऊर्जा मिलेको बताएका छन् ।
अर्घाखाँचीबाट क्षेत्रीय सभापतिका रूपमा प्रशिक्षणमा सहभागी हेमन्त बेल्लासेले दुईदिने प्रशिक्षणबाट आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिन र निर्वाचन विपक्षसँग जुध्न ऊर्जा थपिएको रातोपाटीलाई बताए ।
उनले विज्ञहरूले हिजो दिएका विषयमा आज गहन छलफल गरेको बताए । कांग्रेसलाई थप बलियो बनाउन र निवार्चनमा जान धेरै शैली तथा उपयाको ज्ञान पाइएको उनले बताए ।
रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरीले पार्टीको पुनर्ताजकी दिने गरी विषयवस्तुहरू आएका बताए ।
कांग्रेस नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सचिव अमृत बहादुर कार्कीले सोमबार दुई महामन्त्रीसहित विज्ञहरूले गरेको प्रस्तुतिले क्षेत्रीय सभापतिहरूमा थप उत्साह मिलेको बताए । आज प्रस्तुतीकरणमा सहभागीहरूले पार्टी नेताभन्दा कार्यकर्तामुखी बन्नुपर्ने, सूचना प्रविधिलाई अधिकतम् प्रयोग गर्दै पार्टी र प्रचारप्रसारमा आक्रामक तरिकाले लाग्नुपर्ने सुझाव दिएका थिए । यस्तै सहभागीहरूले टिकट वितरणमा स्थानीय अधिकार प्रयोग गर्न दिनुपर्ने, निर्वाचन पार्टीभित्र गुटको अन्त्य गरेर पार्टीको आधिकारिक व्यक्तिलाई विजय बनाउनेतर्फ लाग्नुपर्ने सुझाव दिएका थिए ।
सोमबार प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त विषयमा सहभागीहरूले नेपालको आर्थिक अवस्था १० वर्षे सशस्त्र युद्धले पछाडि धकेलिएको बताएका थिए ।
प्रतिष्ठानका कार्यकारी अर्का निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका विषयमा आज सहभागीहरूले संघियता आवश्यक रहे पनि प्रदेशलाई अधिकार दिन बाँकी रहेको, पार्टीले पनि प्रदेश समितिहरूका अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै अर्का निर्देशक डा. कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको नेतृत्वमा आर्थिक, सामाजिक विकास तथा तहगत संगठन’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव, महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्दा र अर्का महामन्त्री गगनकुमार थापाले पार्टीको संगठन, सदस्यता विषय देशभरबाट आएका क्षेत्रीय सभापतिहरूलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणमा मुलुकभरका एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता रहेको थियो ।
आज सहभागीलाई कांग्रेसबाट मन्त्री बनेकाहरू परराष्ट्र मन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक र सहरी विकास मन्त्री प्रकाशमान सिंहले ब्रिफिङ गरेका थिए । कार्यक्रमको हिजो सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस