अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई
मङ्गलबार, २० फागुन २०८१, २१ : ४३

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा सञ्चालित प्रतियोगिताको आज भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टोलीलाई हराउँदै बौदीकालीले उपाधि जितेको हो । बौदीकालीले शुक्लागण्डकीलाई ३–२ सेटले पराजित गरेको हो ।
यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिका तेस्रो भएको छ । पुतलीबजारले स्याङ्जाको हरिनास गाउँपालिकालाई पराजित गरेको खेल व्यवस्थापन समितिका संयोजक अमृत घिमिरेले जानकारी दिए ।
उपाधिसँगै विजेता बौदीकालीको टोलीले नगद रू दुई लाख प्राप्त गरेको छ । उपविजेता शुक्लागण्डकीले रू एक लाख, तृर्तीय भएको पुतलीबजारले रू ५० हजार र चौथो भएको हरिनास गाउँपालिकाले रू २५ हजार प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा