बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल

मङ्गलबार, २० फागुन २०८१, २१ : २८
मङ्गलबार, २० फागुन २०८१

कतार । कतारमा हिजोदेखि भइरहेकोे दूतावास च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली दूतावासलाई  जोर्डन दूतावासले आठ गोल गरेको छ ।

कतार सरकारको खेलकुद मन्त्रालय अन्तर्गत रहेको ‘अस्पायर जोन’ को आयोजनामा खलिफा फुटसलमा  भएको दूतावास च्याम्पियनसिप फुटबल खेलमा विभिन्न २४ देशका दूतावासहरु सहभागी भएका छन् । 

हिजोबाट सुरु भएको पहिलो चरणको  ग्रुप A अन्तर्गतको खेलमा ट्युनिसिया दूतावासले ताजकिस्थान दूतावासलाई आठ गोल गरेको थियो भने दोस्रो चरणको ग्रुप B अन्तर्गत  जोर्डन दूतावासले नेपाली दूतावासलाई २ का विरुद्ध आठ गोल गरेको थियोे । अन्तिम खेल ग्रुप c अन्तर्गत चाइनीज दूतावासले सोमालिया दूतावासलाई तिन गोल गरेको हो । 

दूतावास च्याम्पियनसिप खेलमा नेपाली दूतावासका प्रथम सचिव कृशु क्षेत्री उपस्थित भएका थिए । क्षेत्रीले पहिलोपटक यसरी नेपाली दूतावास मैत्रीपूर्ण खेलमा सहभागी भएको जनाए ।

उचित खेल मैदान र खेल सामाग्रीको अभावले गर्दा हाम्रा नेपालीहरुले फुटबलमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो । अर्को खेल शनिबार राति १० बजे सिरिया र नेपालबिच हुनेछ । अबको खेल पहिलो हाफ २० मिनेट र दोश्रो २० मिनेट गरि जम्मा ४० मिनेटको खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप