घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
मङ्गलबार, २० फागुन २०८१, २० : ५२

बुटवल । घोराही उपमहानगरपालिकाले कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित भएका छन् ।
जग्गा मालपोत र व्यावसायिक कर वृद्धि विरुद्ध दाङको घोराही उपमहानगरपालिकाकै परिसरमा विरोध सुरु भएको छ । शान्तिपूर्ण धर्ना कार्यक्रम बिहान ११ देखि ३ बजेसम्म चल्लेको सामाजिक अभियन्ता प्रदीप मज्गैयाले बताए । सो धर्नामा ऐक्यबद्धता जनाउन नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, सचिव नारायण श्रेष्ठ, पूर्व अध्यक्ष चन्द्रराज पन्त, पूर्व सचिव लक्ष्मी आचार्य, कांग्रेस नेता भुपबहादुर डागिसहित विभिन्न क्षेत्रका अगुवाहरू उपस्थित रहेका थिए ।
घोराही उपमहानगरले गरेको १ सय ३७ प्रतिशत मालपोत कर वृद्धि तथा फोहर व्यवस्थापनको निजीकरण विरुद्ध ‘हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियान’ले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल
-
शिक्षामन्त्रीको राजीनामापछि मन्त्रालय नेतृत्वविहीन
-
क्षत्रीलाई आदिबासीमा सूचीकृत गर्न माग