चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

काठमाडौँ । नेपाल चिकित्सक संघमा स्थापना कालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक 'चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले विमोचन गरेका छन्।
चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले संघले प्रकाशन गरेको पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा संघका ३२ जना अध्यक्षको जीवनी, संघमा उनीहरूले गरेका योगदान, संघर्ष लगायतका विषयहरू समावेश छन् ।
पुस्तक विमोचनपछि राष्ट्रपति पौडेलले दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु र नेपालमै स्तरीय स्वास्थ्य सेवा उपचारको थालनी हुनु सुखद् पक्ष रहेको बताए । उनले स्तरीय उपचार सेवाको अनुभव आफूले पनि अनुभव गरेको जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसरहरू सिर्जना नभएकोमा चिन्ता व्यक्त गरे । ‘जनशक्तिले पर्याप्त अवसर नपाएको गुनासो आइरहेको छ । त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो । यसका रोक्न सम्बद्ध पक्षले अधिकतम कदम चाल्नुपर्दछ,’ कार्यक्रममा राष्ट्रपति पौडेलले भने ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकहरूको सम्मान र स्मरण दुवै हुने भन्दै संघले यो पुस्तक प्रकाशनको निर्णय लिएको बताए ।
दुई सयभन्दा बढी पृष्ठको उक्त पुस्तकको सम्पादक प्रवीण ढकाल हुन् । पुस्तकबाट संघको इतिहाससँगै नेपालको चिकित्सा इतिहासको संरक्षण हुने कुरामा आफू ढुक्क रहेको सम्पादक ढकालले जानकारी दिए । ‘यसले नेपालको चिकित्सा क्षेत्रको विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने छ । साथै नयाँ पुस्ताका चिकित्सकहरूलाई पनि अग्रजहरूले गरेका काम र योगदानका विषयमा जानकारी हुनेछ,’ ढकालले भने। उनले अहिलेको नयाँ पुस्ताका चिकित्सकलाई अनुभवी चिकित्सकहरूको जीवनी र योगदानले प्रेरणा प्रदान गर्ने पनि बताए ।
२००७ साल फागुन २० गते स्थापना भएको नेपाल चिकित्सक संघ नै नेपालको पहिलो पेसागत संघ हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकहरूले बैठकले संघको स्थापना गर्ने निर्णय गरेका थिए । संघको पहिलो अध्यक्ष डा सिद्धिमणि आचार्य दीक्षित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो