सहकारी ठगीमा पक्राउ परेका जिसस म्याग्दीका प्रमुखलाई एमालेले गर्यो निलम्बन

पोखरा । सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानको क्रममा रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई नेकपा एमालेले निलम्बन गरेको छ । मंगलबार पोखरामा भएको प्रदेश कमिटीको सचिवालय बैठकले थापालाई निलम्बन गर्ने निर्णय गरेको उपसचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख मन्जु अधिकारीले जानकारी दिइन् ।
थापा म्याग्दीको कुमारी सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन् । उनलाई प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा समेत दर्ता गरिसकेको छ । सहकारीको १ अर्ब ४९ करोड ठगी भएको आरोप छ । उक्त सहकारीको रकम ठगीको मुख्य योजनाकार नै थापा रहेको छानबिन समितिले ठहर गरेको थियो ।
सोही रिपोर्टका आधारमा पक्राउ परेका उनलाई प्रहरीले २५ दिनसम्म अनुसन्धान गरेको हो । थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको अधिकारीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो चट्याङ ? चट्याङ लागेर किन मान्छे मर्छन् ? | श्रीराम शर्मा - चट्याङविद्
-
राष्ट्र बैंकले पेन्सन कोषको ९७ करोड लगानी गर्दै
-
वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दैछ, सतर्क रहौँ : महाशाखा
-
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
-
२१ महिनामा कर्णालीमा बन्यो ६५ पुल
-
नेपाल कृषि इन्जिनियर्स सोसाइटीको अध्यक्षमा चन्द निर्वाचित