मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

बाघको आक्रमणबाट कसरी जोगिने ?

मङ्गलबार, २० फागुन २०८१, १९ : ४२
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । पछिल्लो समय बाघको आक्रमणबाट ज्यान गुमाएका सङ्ख्या बढ्दो छ । सन् २०१८ मा २ सय ३५ वटा बाघ थिए । 

चार वर्षमा १ सय २० वटा बाघ थपिएका छन् । सन् २०२२ यता देशभर बाघको सङ्ख्या ३ सय ५५ रहेका सरकारी तथ्याङ्क छ । यिनै बाघले मान्छेमाथि आक्रमण गरी ज्यान लिने गरेका छन् । नेपालमा बाघ तराई भूपरिधिमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा पाइन्छन् । चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ ।

यो बाघको मुख्य वासस्थान पनि हो । यहाँका बासिन्दा र यहाँ जाने पर्यटकले बाघको आक्रमणबाट जोगिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव: 

- जंगलमा जाँदा चम्किलो कपडा नलगाउने, 

- जंगल वा जंगल छेउछाउ हुँदा कान र आँखा चनाखो राख्ने, 

- बाघको चिन्न, पिसाब र गन्ध याद गर्ने,

- बाघ देखिएमा नजिक नजाने र नजिस्काउने,

- बाघको प्रजनन समय र वसन्त ऋतुमा जंगल नजाने,

- बाघ देखि हालेमा सम्भावना भएमा २० देखि २५ फिट अग्लो रुखमा चढ्ने

- बाघसँग जाम्का भेट भइहालेमा बाँघसँग टक्क आँखा जुधाएर पछाडि सर्दै सुरक्षित स्थानमा जाने,

- यदि समूहगत रूपमा बाघसँग जम्का भेट भएको छ भने, हल्ला नगर्ने, पानीमा हाम नफाल्ने किनकि बाघ पानीमा तैरिन सक्छ । 

- बाघले पशुवस्तुमाथि आक्रमण गरेको छ भने, खोस्न नजाने,

- बाघले आक्रमण गरेमा नजिकैको वन कार्यालय वा वन्यजन्तु आरक्षण कार्यालयमा जानकारी गराउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप