मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट

मङ्गलबार, २० फागुन २०८१, १८ : ३५
मङ्गलबार, २० फागुन २०८१

काठमाडौंँ । नेपाली फिल्म ‘द्रौपदी’ जर्मनीको ‘प्याराडाइज फिल्म फेस्टिभल छनोट’ भएको छ ।

यही मार्चमा आयोजना हुने फेस्टिभलमा फिल्मको प्रदर्शनसमेत हुने लेखक तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए । कर्णालीमा छायांकन भएको फिल्म अझै धेरै फेस्टिभलमा पठाउने तयारी भइरहेको आचार्यले सुनाए । 

फिल्म डोल्पाको शेफोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको फिल्म हो । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । 

फिल्ममा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । फिल्मको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सहनिर्माता हुन् । 

आरबी मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप