कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान

काठमाडौंँ । चलचित्र कलाकार संघले आधा दजर्न बढी कलाकर्मीलाई पुरस्कार र सम्मान प्रदान गर्ने भएको छ ।
नेपाल चलचित्र कलाकार संघको हालै बसेको कार्यकारिणी समितिको बैठकले पुरस्कार र सम्मानको निर्णय गरेको हो । जसको जानकारी संघले विज्ञाप्तिमार्फत दिएको छ ।
नेपाली चलचित्रमा अभिनय गरेर लामो समय निरन्तर योगदान पुर्याएका कलाकारको योगदानको कदर गर्न बसुन्धरा भुसाल अध्यक्ष रहेको यो संघ २०५५ सालमा स्थापना भएको हो ।
संघले घोषणा गरेअनुसार २०७८ सालको नेपाल चलचित्र कलाकार संघ पुरस्कार अभिनेता मुकुन्द किशोर भट्टराई, २०७९ सालको पुरस्कार लय संग्रौला र २०८० सालको पुरस्कार अभिनेता पुरण जोशीलाई प्रदान गरिनेछ ।
त्यस्तै शान्ति मास्के स्मृति पुरस्कार गौरी मल्ल प्रदान गरिने भएको छ ।
नेपाल चलचित्र कलाकार संघ पुरस्कारमा जनही ७५ हजार रुपैयाँसहित सम्मान पत्र रहनेछ । शान्ति मास्के स्मृति पुरस्कारको राशि ५६ हजार रुपैयाँ रहेको छ।
यस्तै संघले स्व. गोपाल राउत स्मृति पुरस्कार रामकाजी घिमिरे, र नेपाल चलचित्र कलाकार संघले सालिन्दा पदान गर्दै आइरहेको सम्मान डा. रुपक घिमिरे, अभिनेता धिरेन शाक्य, सञ्चारकर्मी कृष्ण भट्टराई, कलाकार गीता अधिकारी, अभिनेत्री अनु शाह र एयरसेल ट्राभललाई अर्पण गर्ने भएको छ ।
सबै पुरस्कार र सम्मान चैत ४ गते आयोजना हुने वार्षिक साधारण सभामा अर्पण गरिने कलाकार संघका अध्यक्ष मोहन निरौला हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो