यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
मङ्गलबार, २० फागुन २०८१, १७ : २६

एजेन्सी । भारतको यूपी विधानसभाको बजेट सत्रमा मुख्यमन्त्री योगी आदित्यनाथले भर्खरै सकिएको प्रयागराज महाकुम्भमा एउटा पनि अपराधको घटना नभएको बताएका छन् ।
मंगलबार समाजवादी पार्टीमाथि कडा प्रहार गर्ने क्रममा उनले भने, ‘महाकुम्भमा जो आए पनि अभिभूत भए । महाकुम्भमा अपराधको एउटा पनि घटना भएको छैन ।'
महाकुम्भ आयोजना गर्नु चमत्कारजस्तै बताएका उनले ६६ करोड भक्त महाकुम्भमा आएर सकुशल घर फर्केका दाबी गरे । 'महाकुम्भको गुञ्ज विश्वभर गुञ्जियो । महाकुम्भका कारण अर्थतन्त्र पनि मजबुत भएको छ ।'
महाकुम्भमा समाजवादी पार्टीको टिप्पणीलाई सम्बोधन गर्दै मुख्यमन्त्री योगीले ६८ वटा तीर्थस्थल र १९ वटा इनारको निशान मेटाउने प्रयास गरिएको आरोप पनि लगाए । 'उसलाई खोज्ने हाम्रो काम थियो। हामीले ५४ वटा तीर्थस्थल पत्ता लगायौं र १९ वटा कुवा पनि फेला पार्यौं,' उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुपर्छ : राष्ट्रपति
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै