मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान

मङ्गलबार, २० फागुन २०८१, १७ : ०३
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले निकट भविष्यमा हुने न्युजिल्यान्ड भ्रमणका लागि आफ्नो टोलीको घोषणा गरेको छ । पीसीबीले न्युजिल्यान्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि टोलीको घोषणा गरेको हो । 

पाकिस्तान टोलीमा केही परिवर्तन गरिएको छ । टी–२० प्रतियोगिताका लागि पूर्वकप्तान बाबर आजम र मोहम्मद रिजवानलाई टोलीमा समावेश गरिएको छैन । साहिन शाह अफरिदीलाई भने एकदिवसीय टोलीबाट हटाइएको छ । 

टी–२० टोलीको कप्तान सलमान आगालाई बनाइएको छ । एकदिवसीय टोलीको कप्तानको जिम्मेबारी भने मोहम्मद रिजवानले पाएका छन् । च्याम्पियन्स ट्रफीको नवौँ संस्करणमा आयोजना भएर पनि पहिलो चरणबाटै बाहिरिएपछि अहिले पाकिस्तानी टोलीको ब्यापक आलोचना भइरहेको छ ।

न्युजिल्यान्ड भ्रमणका क्रममा पाकिस्तानले पाँच खेलको टी–२० शृंखला खेल्नेछ । टी–२० शृंखलाका लागि शादाब खानलाई उपकप्तान बनाइएको छ । टी–२० टोलीमा नसिम शाह र ह्यारिस रउफलाई पनि समेटिएको छैन । एकदिवसीय टोलीमा मोहम्मद वसिम जुनियर, मोहम्मद इरफान खान, सुफियान मुकिम र तैयब ताहिरजस्ता खेलाडीलाई अवसर दिइएको छ ।

फखर जमा भने चोटका कारण टोलीमा छैनन् ।  पाकिस्तानी टोलीको न्युजिल्यान्ड भ्रमण मार्च १६ तारिखदेखि सुरु हुनेछ । एकदिवसीय शृंखला भने मार्च २९ तारिखदेखि सुरु हुनेछ । एकदिवसीय शृंखला तीन खेलको हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप