मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण

मङ्गलबार, २० फागुन २०८१, १६ : ४१
मङ्गलबार, २० फागुन २०८१

क्यालिफोर्निया । अमेरिकी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको स्टार सिप ८ को प्रक्षेपण रोकिएको छ । सोमबार राति हुने भनिएको उडान प्रक्षेपण हुनुभन्दा केही समय अगाडि रोक्का गरिएको हो ।

प्रक्षेपण गर्ने समय आउनै लाग्दा पनि यानको बुस्टरमा देखिएको समस्या समाधान नभएपछि २३ मिनेट अघि विमानलाई फ्लाइट कन्ट्रोलर होल्डमा राखिएको थियो । 

यो समयमा पनि समस्या समाधान नभएपछि कम्पनीले प्रक्षेपण अफलोड गर्ने र अर्को दिन कोसिस गर्ने निर्णय गर्‍यो । अर्को पटक अब कहिले यान प्रक्षेपण गरिनेछ भनेर कम्पनीले केही पनि बताएको छैन । 

‘आजको उडान प्रयास रद्द गरिएको छ । स्टार सिप टोलीले यान उडाउन अर्को उपर्युक्त दिन खोजिरहेका छन् ।’ माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा एक्सले लेखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप