बलात्कार आरोपमा युवक पक्राउ
मङ्गलबार, २० फागुन २०८१, १६ : २७

काठमाडौँ । बलात्कारमा संलग्न आरोपमा प्रहरीले दाङबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्र बहादुर रोकाया छन् ।
उनले २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । आरोपीले पीडितलाई फागुन १५ मा राति गढवा गाउँपालिका–३ गोवरडिहास्थित खेतमा लगेर बलात्कार गरेको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ ।