मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

माइक्रोसफ्टले ल्यायो नयाँ एआई टुल, मेडिकल क्षेत्रका लागि वरदान

मङ्गलबार, २० फागुन २०८१, १६ : ०२
मङ्गलबार, २० फागुन २०८१

वासिङटन डीसी । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टले नयाँ एआई च्याटबट लञ्च गरेको छ । कम्पनीले सोमबार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट जारी गरेको हो । 

यसले चिकित्सा पेसाकर्मीहरूलाई दस्ताबेज राख्नुपर्ने झन्झटबाट मुक्त गर्न मद्दत गर्नेछ । यो एआई असिस्टेन्टले डाक्टर र चिकित्सकहरू बिचको कुराकानी रेकर्ड गर्ने, क्लिनिकल नोटहरू तयार गर्ने, रेफरल लेटरको मस्यौदा बनाउने आदि काम गर्न सक्छ । बिरामी डाक्टरलाई भेट्न आएपछि यसले पोस्ट भिजिटका संक्षिप्त रिपोर्टहरू पनि तयार पार्न सक्छ । 

माइक्रोसफ्टले आफ्नो न्यूजरूम पोस्टमा यो नयाँ एआई उपकरणको बारेमा जानकारी दिएको थियो । कम्पनीले अमेरिकन मेडिकल एसोसिएसन (एएमए)को २०२४ को तथ्याङ्कलाई उद्धृत गर्दै अमेरिकामा चिकित्सकहरूमाझ बर्नआउट दर ४८ प्रतिशत पुगेको देखाएको छ । यद्यपि यो अघिल्लो वर्षको भन्दा कम हो । २०२३ मा यो दर ५३ प्रतिशत थियो । बढ्दो कार्यभार र कागजात जिम्मेवारीहरूले चिकित्सकहरूमा असर पारिरहेको माइक्रोसफ्टको ठम्याई छ । 

ड्र्यागन कोपाइलट बनाउन माइक्रोसफ्टले नुआन्सको एआई प्रविधि प्रयोग गरेको छ । यसलाई कम्पनीले २०२२ मा किनेको थियो । यो एआई सहायक दुई प्रमुख उपकरणहरूको संयोजन हो । 

–ड्र्यागन मेडिकल वनः यो एआई उपकरणले प्राकृतिक भाषामा आधारिभवाइस असिस्टेन्ट दिएको छ । 

–ड्र्यागन एम्बियन्ट एक्सपिरियन्सः यसले चिकित्सक र बिरामीहरू बिचको कुराकानी सुनेर पर्यावरणीय डेटा प्रशोधनको सुविधा दिन्छ । 

यस्ता छन् ड्र्यागन कोपाइलटका मुख्य विशेषताहरूः

कुराकानी रेकर्डिङः यसले डाक्टर र बिरामीबिच हुने कुराकानी धेरै भाषाहरूमा रेकर्ड गर्न सक्छ । 

क्लिनिकल नोट तयार पार्नेः यो एआईले मेडिकल रेकर्डबाट डेटा निकालेर डाक्टरहरूको लागि स्वचालित क्लिनिकल नोटहरू तयार गर्दछ ।

रेफरल लेटरः यसले डाक्टरको मनपर्ने शैली र ढाँचामा बिरामीहरूको लागि रेफरल लेटर र डाक्टरलाई भेटिसकेपछिको रिपोर्टहरू पनि बनाउन सक्छ ।

मेडिकलसम्बन्धी जानकारी दिने: यो एआईले स्वास्थ्य सेवा पेशेकर्मीहरूलाई भरपर्दाे स्रोतहरूबाट निकालिएको सामान्य चिकित्सा जानकारी पनि दिन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप