कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
मङ्गलबार, २० फागुन २०८१, १५ : ५२

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक केहीबेर अघिबाट सिंहदरबारस्थित कानुन समितिको हलमा जारी रहेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
बैठकमा बिहीबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीबारे छलफल हुनेछ । सरकारले यसअघि संसदमा पेस गरेका ५ वटा अध्यादेश बिहीबारको बैठकमा निर्णयार्थ पेस गर्ने तयारी छ । भूमिबाहेकका अध्यादेशमा सत्तापक्षबिच सहमति भएको बताइएको छ ।