मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट सुरु गर्न अदालतको अनुमति

मङ्गलबार, २० फागुन २०८१, १५ : ५१
मङ्गलबार, २० फागुन २०८१

 नयाँ दिल्ली । सर्वोच्च अदालतले सोमबार युट्युबर रणवीर इलाहाबादियालाई आफ्नो पोडकास्ट ‘द रणवीर सो’ पुनः सुरु गर्न अनुमति दिएको छ। यद्यपि, उनले आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा देखाउने छैन भन्ने अदालतले सर्त राखेको छ।

रणवीरले अदालतमा निवेदन दायर गर्दै कार्यक्रम प्रसारण हुनबाट रोक्ने अदालतको आदेशको अंश हटाउन माग गरेका थिए। समय रैनाको कार्यक्रम ‘इन्डियाज गट लेटेन्ट’ मा आमाबाबुमाथि गरिएको अपमानजनक टिप्पणीको विवाद पछि देशका धेरै सहरहरूमा उनी विरुद्ध एफआईआर दायर गरिएको थियो। त्यसपछि सेलिब्रेटीहरूले इलाहाबादियाको पोडकास्ट ‘द रणवीर सो’ मा आउन अस्वीकार गरे।

इलाहाबादियाले सर्वोच्च अदालतमा निवेदन दायर गर्दै आफूविरुद्ध दर्ता भइरहेको एफआईआर र पक्राउ रोक्न माग गरेका थिए। फेब्रुअरी १८ मा अदालतले रणवीरको निवेदनमा अन्तरिम आदेश दिँदै गिरफ्तारीलाई रोक लगाउँदै अर्को आदेश नभएसम्म कुनै पनि कार्यक्रम नगर्न भनेको थियो।

अदालतले रणवीरका सामु तीन वटा ३ सर्त राखेको छ । न्यायाधीशले भने, ‘कार्यक्रमको क्रममा इलाहाबाद अदालतमा चलिरहेको यो मुद्दाको बारेमा कुनै टिप्पणी पाइने छैन ।’ 

त्यस्तै हाल उनले देश छोड्न सक्ने छैनन् । अनुसन्धानमा भाग लिएपछि मात्र उनलाई अनुमति दिन सकिन्छ।

उनले सबै उमेर समूहका मानिसहरूका लागि कार्यक्रमहरू बनाउनुपर्नेछ । यसको लागि उनीहरूले प्रतिबद्धता दिनुपर्नेछ।

इलाहाबादियाका वकिलले २८० कर्मचारी 'द रणवीर सो' सँग सम्बन्धित छन्, जसको जीविकोपार्जन पूर्ण रूपमा इलाहाबादियामा निर्भर रहेकाले त्यसैले यो कार्यक्रम सुरु गर्न अनुमति दिइनुपर्ने बताएका थिए।

यता केन्द्र सरकारको तर्फबाट उपस्थित सलिसिटर जनरल तुषार मेहताले अदालतलाई भने, ‘मैले कार्यक्रम हेरेको छु। यो अश्लील होइन, तर विकृत छ। मानिसहरूलाई हँसाउनु एउटा कुरा हो, पोर्नोग्राफी एउटा कुरा हो र विकृति अर्को हो।’ उनले रणवीरको सो अझै केही दिन बन्द गर्नुपर्ने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप