पृथ्वी बहादुर पाँडे बने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष
मङ्गलबार, २० फागुन २०८१, १५ : ४१

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको अध्यक्ष पदमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।
फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औँ वार्षिक साधारण सभा पश्चात् भएको निर्वाचनमा संस्थापक समूह तर्फबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू