व्यवसायीलाई जनमतले पार्टीमा भित्र्यायो
मङ्गलबार, २० फागुन २०८१, १५ : ३२

काठमाडौँ । उद्योगी व्यवसायीहरू जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीका खस–आर्य संयोजक लक्ष्मी खड्काको संयोजनमा काठमाडौँका दीपक थापा, श्रीया थापा, आदित्य थापा, यमुना श्रेष्ठ, अन्जु राय चाम्लिङ, कुमारी खड्का, सन्तोष थपलिया, रश्मि थापा, सविता नगरकोटी, अर्जुन प्रसाद चौलागाईं, पवित्रा कुईकेल जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीका प्रवक्ता डा.शरद यादवले बताए ।
त्यस्तै रामेछापका सुभाष दर्जी, दीपेन्द्र तिमल्सिना, मोरङका योगेन्द्र कोइराला, सुनसरीका अपसरा खड्का, बाजुराका जनक जैसी र इलामका कामना पनि जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरू सबै विभिन्न व्यवसायमा संलग्न रहेको जनमतले जनाएको छ ।
उनीहरूलाई मंगलबार पार्टीका अध्यक्ष डा .सिके राउतले टिका लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रम बानेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
टिपरको ठक्करबाट घाइते बालिकाको मृत्यु
-
वीरगन्जमा निकालिएको शोभा यात्रामा धार्मिक सद्भाव बिथोल्ने चारजना पक्राउ
-
सरकार परिवर्तनको हल्ला आजबाट अन्त्य भयो : शंकर पोखरेल