मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

सेबीका पूर्वप्रमुख माधवीविरुद्ध एफआईआर गर्न बम्बई उच्च अदालतले लगायो रोक

मङ्गलबार, २० फागुन २०८१, १५ : १८
मङ्गलबार, २० फागुन २०८१

नयाँदिल्ली । भारतीय शेयर बजार नियामक सेबीका पूर्वप्रमुख माधवी पुरी बुचविरुद्ध एफआईआर दर्ता गर्ने विशेष मुम्बई अदालतको आदेशलाई बम्बई उच्च अदालतले रोक लगाएको छ । ‘लाइभ ल’ का अनुसार न्यायाधीश शिवकुमार डिगेको एकल इजलासले विशेष अदालतको आदेशलाई रोक लगाएको हो ।

‘यस्तो देखिन्छ कि विशेष न्यायाधीशले मुद्दाको तल्लो तहमा नगई र जवाफ सुन्ने अवसर नदिई यान्त्रिक रूपमा आदेश दिएको छ’ अदालतले भन्यो ।  गएको हप्ता शनिवार मुम्बईको एक विशेष अदालतले भ्रष्टाचार विरोधी ब्युरोलाई सेबीका पूर्व प्रमुख माधवी पुरी बुचसहित पाँच जनाविरुद्ध एफआईआर दर्ता गर्न आदेश जारी गरेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो मुद्दा शेयर बजार ठगी र नियामक उल्लङ्घनसँग सम्बन्धित छ । स्थानीय पत्रकारको निवेदनमा न्यायाधीश शशिकान्त एकनाथ रावले यो आदेश दिएका हुन् । 

आफ्नो निवेदनमा, पत्रकारले माधवी पुरी बुच र अन्यद्वारा गरिएको ठुलो मात्रामा वित्तीय ठगी, नियामक उल्लङ्घन र भ्रष्टाचारको कथित अपराधको अनुसन्धानको माग गरेका थिए ।

यसअघि माधवी पुरी बुचले गत शुक्रवार भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) को अध्यक्षको रूपमा आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेकी थिइन् । यसपछि, केन्द्र सरकारले वित्त सचिव तुहिनकान्त पाण्डेलाई बजार नियामक सेबीको एघारौँ अध्यक्षको रूपमा नियुक्त गर्‍यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप