मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय
अपडेट

हृदयाघात भएका पूर्वयुवराज पारस शाहको अवस्था सुधार, वार्डमा सारियो

मङ्गलबार, २० फागुन २०८१, १५ : २१
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । हृदयाघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । 

अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको रातोपाटीलाई बताए । 

‘उहाँको अवस्था निकै सुधार भएको छ । अहिले प्राइभेट वार्डमा सारिएको छ’, उनले भने  । पटक पटक हृदयाघात बल्झिएकाले उनको चिकित्सकको विशेष निगरानीमा केही दिन अस्पतालमै राखेर उपचार उनको बताइएको छ । 

पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । आइतबार राति हृदयाघात भएपछि शाहलाई सहयोगीले नर्भिक लगेका थिए । लगत्तै उनको मुटुमा स्टेन राखिएको थियो । त्यसयता आईसीयूमा राखेर उपचाररत उनलाई मंगलबार भने वार्डमा सारिएको हो । 

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयाघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । 

त्यसअघि पनि थाइल्यान्डमा रहँदा र अर्को एक पटक पनि हृदयाघात भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप