सेयर बजार
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
मङ्गलबार, २० फागुन २०८१, १५ : २१

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो ।
बजारमा आज १२ अर्ब ९४ करोड बराबरको कारोबार भयो । घट्दो बजारमा आज १९८ कम्पनीको मूल्य घटेको छ । ४१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज सबै उपसमूहका सूचक घट्दा सबैभन्दा धेरै गिरावट फाइनान्स र उत्पादनमूलक समूहमा रहेको छ । ती समूहको सूचक २ प्रतिशत बढीले घटेका छन् ।
बजारमा आज पनि गार्डियन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढ्यो । सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा आज पनि हिमालयन रिइन्योरेन्स अगाडि रह्यो । उक्त कम्पनी एक्लैको अर्ब बढीको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने