वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखि यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलवार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताए ।
उनले वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी रहेको उल्लेख गरे ।
वन सम्बन्धी नीतिगत सुधार, नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि, सुनिश्चित गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए । हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक श्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक रहेको बताए ।
उपराष्ट्रपति यादवले पछिल्लो समय तराई/मधेसमा पानीको सतह निकै तल गएको, पानीको श्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र