मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

भिनिसियस जुनियर भन्छन्– ‘रियल म्याड्रिड छाडेर साउदी लिग खेल्ने हल्ला निराधार’

मङ्गलबार, २० फागुन २०८१, १४ : १४
मङ्गलबार, २० फागुन २०८१

काठमाडौँ । ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियर छिट्टै रियल म्याड्रिडबाट साउदी व्यवसायिक लिगमा स्थानान्तर हुने समाचारहरु सार्वजनिक भइरहँदा उनी आफैँले भने ती समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएका छन् । 

२४ वर्षीय भिनिसियस जुनियरले आफू आगाममी दिनमा पनि रियल म्याड्रिडमै रहने दाबीसमेत गरेका छन् ।  ‘म रियल म्याड्रिडमा सपनाहरुको बिचमा बाँचिरहेको छु । त्यसैले आगामी दिनमा पनि म यही क्लबमा रहने छु,’ उनले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् । 

स्पेनिस क्लब रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिगको साविक विजेता टोली हो । भिनिसियस जुनियरले सन् २०१८ देखि यो क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । रियलसँग उनको सम्झौता अवधि अझै दुई वर्ष बाँकी छ । 

उनको अहिलेको सम्झौता सन् २०२७ मा समाप्त हुनेछ । भिनिसियस जुनियरले आफू रियल म्याड्रिडसँग सम्झौता नविकरण गर्न आतुर रहेको पनि बताएका छन् ।  ‘क्लबसँग मेरो अहिलेको सम्झौता सन् २०२७ मा सकिन्छ । तर, त्यसअघि नै सम्झौता नविकरण गर्न म आतुर छु,’ उनले भनेका छन् । 

ब्राजिलियन क्लब फ्लेमिङ्गोबाट रियल म्याड्रिडमा आबद्ध भएयता भिनिसियस जुनियरले तीनपटक ला लिगाको उपाधि र दुईपटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप