रामायणमा शूर्पणखाको भूमिकाबाट किन काटियो कुब्रा सैतको पत्ता ?

नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर कपूरको बहुप्रतिक्षित फिल्म रामायणबारे नयाँ खबर बाहिर आएको छ । केही समय अगाडि ‘सेक्रेड गेम्स’ मा कुकुको भूमिका निर्वाह गरेकी अभिनेत्री कुब्रा सैतले फिल्ममा शूर्पणखाको भूमिकाका लागि अडिसन दिएको खबर आएको थियो ।
फिल्ममा कुब्रा सुवर्णखा बन्ने पक्कापक्की भएको भन्दै खबर पनि आएका थिए । तर अहिले आएर कुब्राले सो भूमिका नपाएको थाहा भएको छ । बलिउड बबललाई दिएको एक अन्तरवार्तामा कुब्रा सैत आफैँले यसको पुष्टि गरेकी हुन् ।
‘मेरो नाकको कारणले गर्दा, म शूर्पणखा भूमिकाको लागि उपयुक्त थिएँ । यो भूमिका मेरो लागि बनाइएको थियो, तर उनीहरूले मलाई कास्ट गरेनन् । अब म यो कुरा जान्न धेरै उत्सुक छु कि आखिर यो भूमिका कसलाई दिइएको छ ?’ उनले भनिन् ।
शूर्पणखाको भूमिका कुन अभिनेत्रीले निभाउन लागेकी छन् भन्ने कुरा निर्माताहरूले अहिलेसम्म खुलासा गरेका छैनन् । तर यो भूमिकाको लागि धेरै नाम चर्चामा छन् । फिल्मको स्टारकास्टमा कयौँ चर्चित नाम सार्वजनिक भएका छन् ।
अभिनेत्री इन्दिरा कृष्णनले एक अन्तर्वार्तामा आफूले फिल्ममा भगवान् रामकी आमा कौसल्याको भूमिका निर्वाह गरिरहेको बताएकी थिइन् । फिल्ममा रणवीर कपूर भगवान् रामको रूपमा, साई पल्लवी माता सीताको भूमिकामा देखिनेछन् ।
दक्षिण भारतीय अभिनेता यश फिल्ममा रावणको भूमिकामा देखिँदैछन् । रवि दुबे लक्ष्मणको रूपमा र अरुण गोविलराजा दशरथको रूपमा हेर्न पाइनेछ ।
कहिले होला रिलिज ?
रामायणलाई भारतीय सिनेमाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजनाहरू मध्ये एक मानिन्छ । यो फिल्म दुई भागमा रिलिज हुनेछ । पहिलो भाग २०२६ को दिवालीमा हलहरूमा लाग्नेछ भने दोस्रो भाग २०२७ को दिवालीमा रिलिज हुनेछ ।
फ्यानहरू फिल्मसँग सम्बन्धित नयाँ अपडेटहरूको उत्सुकताका साथ पर्खिरहेका छन् । यस्तोमा अब शूर्पणखाको भूमिका कसले पाउला हेर्न रोचक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले मोरङको जिल्ला अधिवेशन प्रभावित, चुनाव भोलि मात्रै
-
राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्याली, तस्बिरहरु
-
क्यानडा र मेक्सिकोमा कर लगाएपछि अमेरिकी सेयर बजार ओरालो लाग्यो
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन