उत्तीर्ण भइसक्दा पनि लेख्न पढ्न नसकेपछि विद्यार्थीले हालिन् कलेजमाथि मुद्दा

कनेक्टीकट । गएको जुनमा अलेशा ओर्टिज कनेक्टिकटस्थित हार्टफोर्ड पब्लिक हाइस्कूलबाट ग्र्याजुएट भइन् । उनले कलेजमा छात्रवृत्ति पनि पाएकी थिइन् । तर अहिले उनले आफ्नो पूर्व उच्च विद्यालयमाथि लापरबाहीपूर्वक भावनात्मक पीडा गराएको भन्दै मुद्दा हालेकी छिन् ।
आफ्नो शिक्षामाथि नै खेलवाड गरेको १९ वर्षीय अलेशाको आरोप छ । आफूले औँलाले सिसा कलम च्यापेर लेख्न समेत नसक्ने अनि आफ्नो पढ्ने क्षमता एक कक्षाको विद्यार्थीको जत्ति पनि नभएको उनी भन्छिन् । प्यूर्टो रिकोमा जन्मिएकी सानै उमेरदेखि नै अलेशालाई लेख्न पढ्न कठिनाइ हुन्थ्यो । ५ वर्षको उमेरमा परिवार अमेरिकामा बसाई सरेपछि उनलाई झनै गाह्रो भयो ।
ग्रयाजुएशन हुनुभन्दा केही महिना अघिसम्म विद्यालय र त्यहाँ उनका लागि खटाइएको विशेष शिक्षक केही उपयोगी भएको आफूलाई लागेको उनको दाबी छ । तर अतिरिक्त परीक्षामा बसेपछि उनले आफू त लगभग निरक्षर रहेछु भन्ने महसुस गरिन् । विद्यालय जिल्ला अधिकारीहरूले अलेशालाई ग्रयाजुएशन डिप्लोमा नलिएर गहन सेवा लिन भनेका थिए । तर उनले मानिनन् ।
‘उनीहरूले मेरो १२ वर्ष लिइसकेका थिए, अब मेरो पालो हो जस्तो लाग्यो’ सीएनएनसँगको कुराकानीमा अलेशाले भनिन् । ग्रयाजुएशन कार्यक्रममा उनी सहभागी भएकी हुन् । यसको अर्थ ग्रयाजुएशन गर्ने विद्यार्थीमा शैक्षिक योग्यता छ भन्ने हुन्थ्यो । तर यतिबेला प्रश्नहरू उठिरहेका छन् । लेख पढ गर्नै नसक्ने अलेशाले ग्रयाजुएशन सम्मान लिनुहुन्थ्यो ? उनले युनिभर्सिटी अफ कनेक्टीकटमा कसरी आवेदन भरेर बुझाइन् ?
आधुनिक एपहरू आफ्ना लागि उपयोगी भएको अलेशाको भनाइ छ । स्मार्टफोन एपबाट टेक्स्टलाई स्पिच र स्पिचलाई टेक्ष्टमा परिणत गरेर कलेजको आवेदन फारम भरेको अनि आवश्यक निबन्ध लेखेको उनी भन्छिन् ।
कलेजमा पढ्नु आफ्नो लागि विल्कुल फरक स्थिति भए पनि आफूलाई पढ्न निकै गाह्रो भएकोले फेब्रुअरीको सुरुमै कक्षा लिन बन्द गरेको उनी बताउँछिन् । यतिबेला अलेशाले मानसिक स्वास्थ्य उपचारका लागि कलेज जान बन्द गरेकी छिन् । छिट्टै कक्षामा फर्किने उनको आशा छ ।
आफूलाई जे जस्तो भयो त्यसका लागि पूर्व विद्यालयका अगुवाहरूलाई जिम्मेवार ठहर्याउन मुद्दा हालेको अलेशाले बताएकी छन् । उनीहरू के गरिरहेका छन् भन्ने आफूलाई थाहा नभएको अनि उनीहरूको मतलब नभएको पनि उनले बताइन् । आफूले लड्न लागेको कानुनी लडाइँले अन्य युवाहरूलाई आफ्नो जस्तै अवस्थामा पुग्नबाट रोक्ने आशा उनले गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?